पत्नि निकितासहित भोली भारत भ्रमणमा जाँदै रवि लामिछाने


काठमाडौं, जेठ १७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोलि भारत भ्रमणमा जाने भएका छन् । लामिछाने भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत भ्रमणमा जान लागेका हुन् ।

भाजपाको विदेश मामिला विभागका प्रमुख विजय चौथाइवालेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार लामिछानेले भ्रमणका क्रममा अध्यक्ष नीतिन नवीनसहित पार्टीका अन्य वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

लामिछाने रास्वपा स्थापना भएयता प्रमुख भारतीय राजनीतिक दलको औपचारिक निमन्त्रणामा पहिला पटक भारत भ्रमणमा जान लागेका हुन् । भोली दिउँसो १ बजे भारत जाने टोलीमा लामिछाने, लामिछानेकी पत्नी निकित पौडेलसहित प्रवास विभाग प्रमुख दिपक बोहरा, सहमहामन्त्री विपिनकुमार आचार्य र मामिछानेका स्वकिय सचिव अविनाश आचार्य रहने छन् ।