सात दिनपछि सगरमाथा क्षेत्रमा फेला परेका शेर्पालाई काठमाडौं ल्याइयो


काठमाडौँ । सगरमाथामा सात दिनअघि बेपत्ता भएका ओखलढुंगाका पर्वतारोहण गाइड दावा शेर्पा खुम्बु आइसफल क्षेत्रमा सकुशल फेला परेका छन् ।

आज बिहान हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा भेटिएका उनलाई हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं ल्याइएको छ।

शेर्पालाई प्रारम्भिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको हो।

हिउँले हातखुट्टा प्रभावित भएको अवस्थामा भेटिएका उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको जनाएको छ।

Skip This

Omoda E5 Pro