काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधिसभा बैठकमा विभिन्न आन्दोलन तथा जेन–जी विद्रोहका शहीदहरूप्रति सम्मान व्यक्त गर्दै मौनधारण गरेका छन् ।
मंगलबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरू आफ्नो स्थानबाट उठेर गत भदौमा भएको युवा विद्रोह र विभिन्न राजनीतिक आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा मौनधारण गरेका हुन् ।
कांग्रेस सांसदहरूले मौनधारण गर्नुअघि पार्टीका सचेतक निश्कल राईले बैठकलाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा सचेतक राईले युवा पुस्ताको विद्रोहले देशमा नयाँ राजनीतिक चेतना र परिवर्तनको ढोका खोलेको चर्चा गर्दै शहीदहरूको बलिदानलाई राज्यले भुल्न नहुने बताए ।



प्रतिक्रिया