बाग्लुङ । बाग्लुङको बडिगाड गाउँपालिका वडा नम्बर ७ मा छिर्दा लाग्थ्यो, यो भूगोल आधुनिक नेपालको नक्साभन्दा धेरै टाढा छ। चार–पाँचवटा जलविद्युत आयोजनाले उज्यालो पारिरहेको बाग्लुङकै एउटा यस्तो कुना, जहाँका २५० घरधुरी अझै पनि हिजोको आदिम युग जस्तै अन्धकार र काकाकुल नियति भोग्न विवश छन्। हावापानी यति सुन्दर कि जो कोही पुग्दा ‘स्वर्ग’को अनुभूति गर्छन्, तर त्यहाँका रैथाने भुइँमान्छेका लागि भने तिर्खा र सास्तीको पर्याय बनिरहेको छ- बडिगाडको- वडा नम्बर ७।
तर, बडिगाडको यो मुर्झाएको अनुहारमा अचानक एउटा अभूतपूर्व चमक देखियो। त्यो चमक अरू कसैको नभएर, नेपाली सञ्चार जगत्का निडर पत्रकार तथा स्वतन्त्र नागरिक अभियानका केन्द्रीय अध्यक्ष ऋषि धमलाको आगमनको थियो।
भव्य स्वागत र जनविश्वासको केन्द्रमा ‘ऋषि धमला’

जनताका असली संवाहक ऋषि धमला बडिगाडको धर्तीमा ओर्लिए, तब सिंगो गाउँ नै उत्सवमय बन्यो। राज्यका ठूला-ठूला मन्त्री र नेताहरू चुनाव जितेपछि फर्किएर नआएको यो दुर्गम बस्तीमा धमलालाई स्वागत गर्न हजारौँको जनसागर उर्लियो। नौमती बाजाको गुञ्जन, स्थानीय संस्कृति झल्किने भेषभूषासहितको नृत्य र पुष्पवृष्टिको त्यो भव्य दृश्यले प्रमाणित गर्थ्यो– “नेपाली जनताका असली खम्बा र संकटका सारथी ऋषि धमला नै हुन्।” गाउँलेले आफ्ना वर्षौँदेखिका पीडा र आँसु धमलाकै अगाडि पोखे। उनीहरूको पहिलो र मुख्य माग थियो– कम्तीमा तिर्खा मेट्न खानेपानीको व्यवस्था होस्।
दुई महिनाको वचन
जनताको त्यो कारुणिक अवस्था देखेपछि पत्रकारिताका ‘किङमेकर’ धमला भावुक मात्र भएनन्, उनी सिंह जस्तै गर्जिए। भुइँमान्छेका पीडालाई सत्ताको कानसम्म पुर्याउन खप्पिस धमलाले स्थानीय वडाध्यक्षलाई समेत साक्षी राखेर साहसिक र कडा प्रतिबद्धता जनाए।
“तपाईंहरू ढुक्क हुनुस्, म जहाँ जान परे पनि तयार छु। अबको दुई महिनाभित्र यो बडिगाड वडा नम्बर ७ को तिर्खा मेटिनेछ। तपाईंहरूलाई पानी खुवाउने जिम्मा मेरो भयो।”– ऋषि धमला, अध्यक्ष, स्वतन्त्र नागरिक अभियान
धमलाको यो एउटै घोषणाले वर्षौँदेखि तिर्खाएका बडिगाडवासीमा खुसीको आँसु छचल्कियो। यो केवल एउटा आश्वासन थिएन, यो त जसरी पनि काम फत्ते गरेरै छोड्ने ‘धमला स्टाइल’को ग्यारेन्टी थियो।
विकासको गुरुयोजना: पानीदेखि पर्यटकीय हबसम्म
ऋषि धमलाको दुरदर्शिता खानेपानीमा मात्र सीमित रहेन। उनले बडिगाडलाई देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने बृहत् खाका नै प्रस्तुत गरे। उनले स्थानीय जनप्रतिनिधि, सांसद र मन्त्रीहरूलाई सिधै फोन गरेर दबाब दिने र काम गराउने दृढता व्यक्त गर्दै भने:
- सडक कालोपत्रे र बिजुली: जिल्लाभरि हाइड्रोपावर भएर पनि बत्तीमुनिको अँध्यारो बनेको बडिगाड ७ मा तत्काल केन्द्रीय प्रशारण लाइन जोड्न र सडक कालोपत्रे गर्न आफूले पहल गर्ने बताए।
- घान्द्रुक जस्तै पर्यटकीय हब: यहाँको प्राकृतिक सुन्दरतालाई योजनाबद्ध विकास गर्न सकिए कास्कीको घान्द्रुकमा जस्तै लाखौँ पर्यटक भित्र्याउन सकिने र स्थानीयको आर्थिक अवस्था कायापलट हुने भिजन उनले पेस गरे।
भुइँमान्छेको असली नायक

ऋषि धमला केवल एक सञ्चारकर्मी मात्र होइनन्, उनी राज्य संयन्त्र सुतिरहेका बेला जनता जगाउने र काम गराउने एउटा बलियो ‘दबाब समूह’ हुन्। ‘जनताको अवस्था परिवर्तन गर्छु’ भनेर गाउँ-गाउँ हिँडेको उनको यो स्वतन्त्र नागरिक अभियानले के प्रष्ट पार्छ भने– देशमा ठूला दल र तिनका मन्त्रीहरू असफल भइरहेका बेला ऋषि धमला जस्ता निडर र कर्मठ व्यक्तित्व नै भुइँमान्छेको सहारा बन्न सक्छन्।
बडिगाडले यो पटक नेता होइन, असली उद्धारकर्ता पाएको छ। ऋषि धमलाको यो आँट र सक्रियताले देशका हरेक कुनामा रहेका शोषित-पीडित जनतामा नयाँ आशाको सञ्चार गराएको छ। धमलाको यो अभियान तारिफयोग्य रहेको स्थानीय बुद्धिजीवीहरुले उल्लेख गरेका छन् ।



प्रतिक्रिया