काठमाडौँ । लाइन्स क्लब अफ काठमाडौँ कलकलको ह्यान्ड ओभर र टेकओभर कार्यक्रम शनिबार भक्तपुरमा सम्पन्न भएको छ । निकै नै सौहार्द्रपूर्ण वातावरणमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा लाइन्स क्लब अफ काठमाडौँ कलकलका संस्थापक अध्यक्ष एवं डिस्ट्रिक ३२५ ‘जी’का ट्रेजरर रविराज कार्कीले लाइन्स क्लबमा आबद्ध हुनु भनेको केवल एउटा संस्थाको सदस्य हुनु मात्र होइन, आफ्नो कमाइ र समयको केही अंश समाजका दीन-दुःखी र असहायका लागि समर्पण गर्नु पनि रहेको स्पष्ट पारे । लाइन्स क्लबमा पद वा प्रतिष्ठाका लागि नभई आत्मसन्तुष्टि र हाँसिरहेको अनुहार हेर्नका लागि निःस्वार्थ सेवा गरिने पनि उनले स्पष्ट पारे । साथै, उनले लाइन्स क्लब अफ काठमाडौँ कलकलका सदस्यहरुले एक अर्काबीच आत्मीय सम्बन्ध कायम गरी एउटै परिवारको सदस्य रहेको भित्रैबाट अनुभूत गरी क्लबलाई थप सशक्त बनाउन सुझाव दिए ।
यसैगरी, लाइन्स क्लबअन्तर्गत डिस्ट्रिक ३२५ ‘जी’का डिस्ट्रिक चाइल्डहुड क्यान्स चिफ ज्योति खड्काले कुनै राजनीतिक आग्रह पूर्वाग्रहबिना विशुद्ध मानवीय जगमा उभिएर लायन्स क्लबले गरिरहेका कामहरू समाजका लागि सञ्जीवनी बुटीसरह रहेको प्रकाश पारे । उनले लाइन्स क्बलको मैदानमा आबद्ध हुँदा वाक् कला र प्रशासनिक कलाको पनि राम्रोसँग विकास गर्न सकिने उदाहरणसहित तर्क पेश गरे ।
यस्तै, लाइन्स क्लबअन्तर्गत डिस्ट्रिक ३२५ ‘जी’का डिस्ट्रिक सेक्रेटरी डेजिनेटेड विजय हाछेथूले लाइन्स क्लबको महत्व सविस्तार वर्णन गरेका थिएन । सरकारी प्रयासहरू नपुगेका कतिपय कुना-काप्चामा लाइन्स क्लबले गरिब र असहायलाई सहारा दिएको उनले उल्लेख गरे । वास्तवमै लाइन्स क्लब मानवताको जीवन्त दस्तावेज भएको उनले दाबी गरे । मन्तव्यका क्रममा उनले साधारण शिष्टाचारका तौढतरिकासमेत प्रायोगिक रुपमै प्रस्तुत गरेका थिए । उनको प्रस्तुति निकै मननयोग्य रहेको लाइन्स क्लब अफ काठमाडौँ कलकलका सदस्यहरुले महसुस गरेको बताएका थिए ।
यसैबीच, कार्यक्रममा लाइन्स क्लब अफ काठमाडौँ कलकलको सन् २०२६/२७ को अध्यक्षता किशोर कार्कीले गर्ने गरी नेतृत्व हस्तान्तरण गरिएको छ । हाल ऊक्त क्लबका अध्यक्ष सन्दीप कार्की रहेका छन् ।
कार्यक्रमका सबै वक्ताहरुले सन् २०२६-२७ का लागि सर्वसम्मत निर्वाचित अध्यक्ष किशोर कार्कीसहित सम्पूर्ण पदाधिकारी र सदस्यहरुको कार्यकाल सफल रहोस् भनी शुभकामना दिएका थिए ।

















प्रतिक्रिया