काठमाडौँ । नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको ‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्तिप्रति तीव्र आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद यादवले मन्त्रीको उक्त भनाइ कानुनविपरीत भएको टिप्पणी गरेकी हुन् ।
सांसद यादवले प्रधानमन्त्रीले सीमा क्षेत्रका विषयमा दिएको अभिव्यक्तिबारे स्वयम् प्रधानमन्त्रीले नै सदनमा जवाफ दिनुपर्ने माग गरिन् । विषयगत मन्त्रीले स्पष्टीकरण दिएर प्रधानमन्त्रीको गैरजिम्मेवारपन लुक्न नसक्ने उनको तर्क थियो । साथै, नेपाल–भारत सीमा क्षेत्रमा भइरहेका गतिविधि र सुरक्षा थ्रेटबारे सरकार मूकदर्शक बनेको उनले आरोप लगाइन् ।



प्रतिक्रिया