गगन थापा र केपी ओलीलाई रास्वपा महाधिवेशनका लागि ‘विशिष्ट अतिथि’ को निम्तो पठाइयाे


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनका लागि दुई ठूला दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ।

रास्वपाले नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशनमा ‘विशिष्ट अतिथि’ का रूपमा सहभागी हुन औपचारिक निमन्त्रणा पठाइएएको स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार दुवै नेतालाई निमन्त्रणापत्र पठाइसकिए भएपनि उनीहरू महाधिवेशनमा उपस्थित हुने वा नहुने भन्ने विषयमा भने अहिलेसम्म कुनै स्पष्ट निर्णय भइसकेको छैन।

रास्वपाको महाधिवेशन आगामि असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुँदैछ ।