काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङबारेको छानबिन प्रतिवेदन माग गरेको छ ।
बिहिबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै केरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थुनिएको भन्दै प्रश्न उठाएको छ ।
‘संवैधानिक निकायका प्रमुख अख्तियार दुरुपयोग आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर प्रधानमन्त्री कार्यालयबाटै पक्राउ पुर्जी जारी गर्न बाध्य बनाइने । नत्रभने प्रधानमन्त्री कार्यालयभित्रै निज पदाधिकारीहरूलाई थुन्ने धम्कीका साथमा पक्राउ पुर्जी जारी भएको कुरा बाहिर आएको छ’, सांसद केरुङले भने ।
यो विषयमा प्रधानमन्त्री बालेन स्वयमले संसद्लाई जानकारी गराउनुपर्ने र प्रधानमन्त्रीले प्रष्ट नपारे छानबिन समिति बनाउन उनले माग गरे।



प्रतिक्रिया