रक्षा मन्त्रीलाई संसदमा उपस्थित गराउन हर्ककाे माग


काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बजेट छलफलका क्रममा रक्षा मन्त्री संसदमा उपस्थित हुनुपर्ने बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आजको बजेट छलफल रक्षाको समेत भएकाले रक्षामन्त्री संसदमा उपस्थित हुनुपर्ने बताएका हुन् ।

‘‘रक्षा मन्त्रालयको बजेट छलफलमा रक्षा मन्त्रीलाई बोलाइयोस् । र त्यो भन्दा पनि ठुलो रक्षा मन्त्रालय अन्त्रगतको बजेट बुक हामीलाई अझै किन दिइएन ? यसको उत्तर चाहन्छु,’ उनले भने ।