राप्रपाको कार्य सम्पादन समिति बैठक सुरु


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्य सम्पादन समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बैठक सुरु भएको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

शुक्रबार र शनिबार दुई दिन केन्द्रीय समिति बैठक बस्ने श्रेष्ठले बताए । श्रेष्ठका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ ।

राप्रपामा नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केही दिनअघि मात्रै महामन्त्री रहेका धवलशमशेर राणाले पार्टी परित्याग गरेका थिए ।