काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आफूविरुद्धको मुद्दामा नियमित तारिखका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।
रुपन्देही जिल्ला अदालतमा चलेको मुद्दामा लामिछाने काठमाडौं अदालतबाट तारिख बुझ्ने गरी उपस्थित भएका हुन् । उनलाई काठमाडौंबाटै तारिख बुझ्न सुविधा दिइएको थियो ।
उनीविरुद्ध रुपन्देही अदालतमा सहकारी ठगीसम्बन्धी अभियोगपत्र विचाराधीन छ ।



प्रतिक्रिया