अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ


काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-६ बासुकी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ५ सय ७० ट्याब्लेट सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्‍वर नगरपालिका-६ बासुकी चोक बस्ने काभ्रे घर भएका २३ वर्षीय अनिष तामाङ, काठमाडौं महानगरपालिका-६ पाटीटार बस्ने मोरङ घर भएका ३० वर्षीय बिबेक गिरी,  गोकर्णेश्‍वर नगरपालिका-६ बस्ने २८ वर्षीय निशान देउला र गोकर्णेश्‍वर नगरपालिका-६ नयाँबस्ती बस्ने सिन्धुपाल्चोक घर भएका १८ वर्षीय किशोर रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित राप्ती सोनारी गाउँपालिका-९ बस्ने २० वर्षीय निरज थारू समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही नगरपालिका-११ पिपल चौतारा बस्ने १८ वर्षीय किशोरले दिएको भन्ने खुल्न आए पश्‍चात उनलाई समेत ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।

झापा, मेचीनगर नगरपालिका-१० पुरानो गोरूहट्टीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय शेख अरमानलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापा, भद्रपुर नगरपालिका-८ क्याम्पस मोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम १ सय ४० मिलिग्राम सहित २  जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ महिन्द्रनगर टोल बस्ने २९ वर्षीय ईराज भट्टराई र सिन्धुली, सिन्धुली गाउँपालिका-१ चिसापानी बस्ने ३० वर्षीय धन बहादुर बस्नेत रहेका छन् ।  वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले प्र१-०१-०१३ प ९४८० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका-३ बस्ने २६ वर्षीय सुमित राई र २५ वर्षीय आशिष मगर रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ४० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-५ बस्ने २७ वर्षीय ईश्वर राउतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो । 

सुनसरी, कोशी गाउँपालिका-१ लौकही भन्सार गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम १ सय ७० मिलिग्राम सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-४ बस्ने ४३ वर्षीय बिशे चौधरी, ४३ वर्षीय भुप नारायण चौधरी, धरान उपमहानगरपालिका-१६ बस्ने ३० वर्षीय एलिन जंग राणा र सोही उपमहानगरपालिका-११ बस्ने ३१ वर्षीय सन्देश लिम्बु रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले प्रदेश १-०२-०४७ प २०३४ नम्बरको स्कुटरमा सवार बिशे र भुप नारायणलाई ७ ग्राम ५ सय २० मिलिग्राम तथा को.३० प ४५०९ नम्बरको मोटरसाइकलमा सवार एलिन र सन्देशलाई १२ ग्राम ६ सय ५० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

बैतडी, दशरथचन्द नगरपालिका-४ गोठलापानी बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-४ बस्ने ३१ वर्षीय प्रविन भट्टलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलाली, घोडाघोडी नगरपालिका-७ कृतिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ८० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २९ वर्षीय खेमराज मल्ल, २९ वर्षीय बालाराम पोख्रेल र १६ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले सु.प.प्र.०१०८ प २८८८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

भक्तपुर, सूर्यबिनायक नगरपालिका-१० मिलनचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने भक्तपुर नगरपालिका-१० कमलविनायक घर भएका ३१ वर्षीय सुजन शाहीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

तनहँ, व्यास नगरपालिका-१० नयाँ गाउँबाट नियन्त्रण लागूऔषध ट्रामाडोल २ सय ५८ ट्याब्लेट र स्पास्पेन २८ ट्याब्लेट ट्याब्लेट सहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय गणेश ढकाल, ३० वर्षीय कुमार परियार, २८ वर्षीय प्रशान्त केसी, सोही नगरपालिका-५ बस्ने २९ वर्षीय संजित आले र सोही नगरपालिका-९ बस्ने २७ वर्षीय दिवस थापा रहेका छन् । साथै प्रहरीले गणेशको घर तलासी गर्दा ट्रामाडोल ८२ ट्याब्लेट र नगद २७ हजार रूपैयाँ फेला पारी बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।