चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री समेत रहेका पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले पनि सम्बोधन गर्ने भएका छन् ।
यसअघि पार्टीका कार्यक्रमहरुमा सहभागि नभएका प्रधानमन्त्री बालेन महाधिवेशनमा सहभागि हुने वा नहुनेबारे राजनीतिक वृतमा चर्चा भइरहेको बेला रास्वपाले उदघाट्न समारोहमा नै सम्बोधनको तयारी रहेको जनाएको छ ।
उद्घाटन समारोहमा विभिन्न पार्टीका नेताहरुबाट शुभकामनासहित पार्टीका वरिष्ठ नेता साह र पार्टी सभापति रवि लामिछानेले समेत सम्बोधन गर्ने जनाइएको छ ।
असार ७ गते दिउँसो २ बजे उद्घाटन समारोह सुरु गर्ने रास्वपाको तयारी छ ।
रास्वपाको उद्घाटन सत्रमा चितवनको चिनारी झल्कने विभिन्न जातीय संस्कृति झल्कने नाँचहरू पनि प्रर्दशन गर्ने तयारी छ । ८ गते बिहानदेखि बन्दसत्रका कार्यक्रम सुरु गर्ने रास्वपाको तयारी छ ।
भरतपुरको गेस्ट हाउस चौरमा हुने उद्घाटन समारोहका लागि घामपानी छेक्ने छानोसहितको ‘जर्मन ह्याङ्गर’ तयार गरिएको छ । तीनवटा सेक्सनमा तयार गरिएको ह्याङ्गरमा ५ हजारसम्म कुर्सी राख्न मिल्ने बताइएको छ ।
असार ७, ८ र ९ गते चितवनमा हुने रास्वपाको पहिलो महाधिवेशनमा ४ करोड खर्च हुने अनुमामन गरिएको महामन्त्री कबिन्द्र बुर्लाकोटिले बताएका छन् ।



प्रतिक्रिया