काठमाडौं, असार ५ । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ। जिल्ला अदालतका न्यायाधीश आत्मादेव जाेशीको इजलासले शुक्रबार लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिन आदेश जारी गरेको हो।
सुमन खनाललगायतको जाहेरीका आधारमा दर्ता भएको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अभियोगपत्र संशोधनका लागि निवेदन दिएको थियो।
अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको जनाएको छ।
यसअघि कास्की जिल्ला अदालत र पर्सा जिल्ला अदालतले पनि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिन अनुमति दिएका थिए। यद्यपि, सहकारी ठगीसम्बन्धी मुद्दाको कानुनी प्रक्रिया भने यथावत् रहने जनाइएको छ।



प्रतिक्रिया