छोरी र श्रीमतीसहित चितवन पुगे प्रधानमन्त्री शाह


काठमाडौं, असार ६ । प्रधानमन्त्री बालेन्द्र शाह चितवन पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका शाह आजदेखि सुरू हुन लागेको रास्वपाको पहिलो महाधिवेशन उद्घाटनमा सहभागी हुन चितवन पुगेका हुन् । उनी छोरी र श्रीमतीसहित बुध्द एयरको विमानमार्फत चितवन पुगेका हुन् । रास्वपा महाधिवेशन प्रधानमन्त्री बालेन र सभापति रवि लामिछानेले गर्ने कार्यक्रम छ ।

रास्वपले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन् । पार्टी सचिवालयका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार ३३ देशका प्रवास सम्पर्क विभागबाट एक सय ७० जना, विधानअनुसार पार्टी सभापतिबाट १३८ जना मनोनयन भइसकेका छन्भने समुहगत रूपमा पार्टी प्रवेश गरेकालाई १९२ जनालाई चयन गरिएको छ ।

कोशी प्रदेशबाट ३६४, मधेसबाट ६३०, बागमतीबाट ७९४, लुम्बिनीबाट ६२१, गण्डकीबाट ४५४, कर्णालीबाट ३४३ र सुदूरपश्चिमबाट ५०५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने छन् ।