काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय भेलाको मिति थप सल्लाह गरेर मात्रै तोक्ने बताएका छन्।
निवर्तमान सभापति शेरबहादुर देउवा समूहको सुनदेवीमा जारी बैठकमा खड्काले बुधबार आफ्नो धारणा राख्दै राष्ट्रिय भेलाको मिति तोकिसकेपछि सार्ने अवस्था आउन नहुने बताए ।
आफूले मङ्गलबार मात्रै डा। शेखर कोइरालासँग कुराकानी गरेको पनि बताए । ‘शेखरजीसँग मेरो हिजो कुरा भएको छ । सिरियस कुरा भएकाले म यहाँ भन्दिनँ, विमलेन्द्रजीलाई सेयर गरेको छु,’ खड्काले भने ।
खड्काले बैठकमा सम्पर्क कार्यालय खोल्ने विषयमा पनि कुरा गरेका थिए। सम्पर्क कार्यालय खोल्न चाहेर ढिलो नभएको बताए ।
‘सम्पर्क कार्यालयका लागि पूर्व पदाधिकारीले २ लाख, कार्यसम्पादन समिति सदस्य र मन्त्री भइसकेकाले एक लाख र केन्द्रीय सदस्य भएकाले ५० हजार रुपैयाँ तोकेका छौँ,’ उनले भने, ‘सबैले रकम रामेछापका सभापति बुझाइदिनु होला ।’
पार्टी एकताका लागि सभापति थापाले नै चाहनुपर्ने उनको भनाइ छ । ‘गगन जीले चाहनुपर्यो । उहाँ जुन बाटोमा हिँड्नुभएको छ, पछि फर्किनुहुन्न,’ उनले भने ।



प्रतिक्रिया