प्रधानमन्त्री बालेनलाई गगनको कडा जवाफ : ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को चेतावनीपूर्ण अभिव्यक्तिपछि व्यंग्यात्मक शैलीमा जवाफ फर्काएका छन्।

सोमबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले आफूलाई तर्साउने धेरै आए पनि नडराउने बताएका हुन्।

उनले लेखेका छन्, ‘अहिले ठीक १८ः०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन।’

यसअघि प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालमा ‘सही समय आएपछि सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’ भन्दै चेतावनी दिएका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि थापाको प्रतिक्रिया आएको हो।

कांग्रेसको आधिकारिकता विवाद र १८ करोड रुपैयाँ लेनदेनको चर्चाबीच दुई नेताका अभिव्यक्तिलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।