काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा युवा अभियन्ता नुर मोहम्मद मियाले सरकार परिवर्तन भएर मात्र देशको विकास सम्भव नहुने बताएका छन्।
मियाले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै देशमा वास्तविक परिवर्तनका लागि नागरिक स्वयं जिम्मेवार र सचेत हुनुपर्ने बताएका हुन्।
“परिवर्तन हामी सबैले चाहेका हौँ। तर परिवर्तन सरकार, दल वा नेता फेरिएर मात्रै सम्भव हुँदैन। परिवर्तनको सुरुवात हामी आफैँबाट हुनुपर्छ,” उनले भने।
उनले नागरिकले जिम्मेवार बन्दै कानुनको सम्मान गर्नुपर्ने, व्यक्तिगत स्वार्थभन्दा राष्ट्रहितलाई माथि राखेर अघि बढ्नुपर्नेमा जोड दिए।
मियाले विरोधका नाममा निरन्तर आन्दोलन र अवरोध सिर्जना गर्दै नयाँ जनादेश प्राप्त सरकारलाई समेत काम गर्न नदिने प्रवृत्ति कायम रहे परिवर्तनको लक्ष्य धेरै टाढा रहने भन्दै चिन्ता व्यक्त गरे।
साथै, सरकारले पनि गरिब, विपन्न तथा निमुखा नागरिकहरूको आवाज सुन्ने र जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको भनाइ छ।



प्रतिक्रिया