दुर्गा प्रसाईँकाे ठाेकुवा- बालेन नेतृत्वको सरकार दसैँसम्म मात्र टिक्ने


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले वालेन्द्र शाह नेतृत्वको सरकार दसैँसम्म मात्र टिक्ने दाबी गरेका छन् । आइतबार प्रसाईँले घरमै पत्रकार सम्मेलन गर्दै यो सरकार जुन बाटो आएको त्यही बाटो जाने टिपपणी गरे ।

‘दसैँसम्म हेर तिमीहरू । दसैँसम्म टिकाओ । जुनबाटो आएको थियो त्यही बाटो जान्छौ । जुन तरिकाले बम बारुद थुलो, आगोको लप्का थियो नि त्यही तरिकाले तिमीहरू जाँदैछौ । सिकाएको तिमीहरूले नै हो । अर्काको घरमा आगो लगाउन तिमीहरूले नै सिकाएका हैनौ ?,’ उनले भने ।

उनले आफू भँडुवा भन्दै सरकारले धरपकड गरिरहेको र फसाउन लागिरहेको र त्यो सफल नहुने ठोकुवा गरे ।

उनले यो व्यवस्थाले नागरिकलाई आफैँमाथि पेट्रोल खन्याएर मर्ने बनाएको बताए ।

झापाबाट काठमाडौं आउनासाथ निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन नपाइने भन्दै प्रसाईँलाई प्रहरीले नियन्त्रणमा लिई घरमा लगेर छाडेको थियो । तयसपछि उनले आफ्नै घरमा पत्रकार सम्मेलनको आयोजना गरेको हो ।