काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू स्वदेश फर्किन लागेको बताएका छन् ।
४४औँ बीपी स्मृति दिवसको अवसरमा मंगलबार सन्देश जारी गर्दै उपचारका क्रममा हाल सिंगापुरमा रहेका देउवाले नेपाली भूमिमा पुनः पाइला टेक्न लागेको बताएका हुन् ।
‘म नेपाली भूमिमा पुनः पाइला टेक्दै छु । सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु,’ देउवाले सन्देशमा लेखेका छन्, ।
देउबाले आफ्नो सन्देशमा सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने उल्लेख गर्दै पनि नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम, न्यायपालिकाप्रतिको विश्वास र संविधानप्रतिको आस्थाप्रति आफू पूर्ण आशावादी रहेको बताएका छन्। उनले लोकतन्त्रविरोधी प्रवृत्ति अन्ततः जनताको शक्तिसामु टिक्न नसक्ने विश्वास व्यक्त गरेका छन्।
उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए । पूर्वसभापति देउवा त्यसअघि १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए ।






प्रतिक्रिया