काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि १६ हजार ६ सय किलो तरकारी पठाइएको छ ।
कृषि वन तथा पर्यावरण मन्त्रालयले प्रभावित क्षेत्रमा १६ हजार ६ सय किलो तरकारी पठाइएको हाे । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भदौ १३ देखि १५ गतेसम्म सो तरकारी प्रभावित नागरिकलाई पठाएको बताइएकाे छ । भदौ १३ गते त्रिशूलीका लागि पाँच हजार किलो हरियो तरकारी पठाइएको थियो।
भदौ १४ गते त्रिशूलीका लागि दुई हजार ५०० किलो सिमी, भेडे खुर्सानी, बन्दा, प्याज र आलु पठाइएको थियो। सोही दिन धादिङका लागि २ हजार ८०० किलो हरियो तरकारी पठाइएको थियो ।
भदौ १५ गते धादिङका लागि १ हजार ३ सय किलो लौका, करेला, घिरौँला, बोडी, सिमी र फर्सी पठाइएको छ । सोही दिन धादिङका लागि थप २ हजार ५ सय किलो आलु, लौका, घिरौँला, काक्रो र टमाटर पठाइएको थियो ।त्यसैगरी, भदौ १५ गते नै त्रिशुलीका लागि २ हजार ५ सय किलो लौका, करेला, घिरौँला, बन्दा, पठाइएको थियो ।
यसैगरी, भदौ १३ देखि १५ गतेसम्म विभिन्न चरणमा गरी जम्मा १६ हजार ६ सय किलो तरकारी तथा खाद्य एवं आवश्यक सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ ।




प्रतिक्रिया