काठमाडौँ । डीएनए पहिचान गर्ने विज्ञसहित राहत सामग्री बोकेर चिनियाँ सैन्य विमान नेपालमा आइपुगेको छ।
मंगलबार साँझ चिनियाँ सेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतण गरेको हो। विमानमा चीनका पाँच जना डीएनए पहिचान गर्ने विज्ञ आएको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ।
यससँगै विमानमा बाढी प्रभावितका लागि राहत सामग्री पनि आएको छ। यो चीनले पठाएको राहत सामग्रीको दोस्रो खेप हो। यसअघि चिनियाँ सेनाको दुई वटा कार्गो विमानमा राहत सामग्री आएको थियो।




प्रतिक्रिया