६४ हजार घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर दीपा कार्की घुससहित पक्राउ परेकी छिन्। 

 नगरपालिकामा सातौँ तहमा कार्यरत कार्की र मध्यस्थता गर्ने आस्मा कार्कीलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो।इन्जिनियर कार्कीले ‘स्ट्रक्चर एनालिसिस’ काम स्वीकृत गरेबापत बार्गेनिङ गर्दै पटकपटक दुःख दिएको भन्दै सेवाग्राहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका थिए ।

उक्त  उजुरीका हातमा अख्तियारको टोलीले उनीहरूलाई ६४ हजार घुससहित  नगरपालिकाको कार्यालय थलीबाट पक्राउ गरेको हो। उनीहरू दुवैविरुद्ध मंगलबार विशेष अदालतको आदेशबाट भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप भई अनुसन्धान प्रक्रिया अघि बढाएको अख्तियारले जनाएको छ।