काठमाडौं । प्रतिनिधिसभा बैठक आज(बुधबार) दिउँसो १ बजे बस्दैछ । आज बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहले सम्बोधन गर्ने भएका छन् ।
बैठकको सुरुमै प्रधानमन्त्री शाहले बाढीबाट भएको क्षति, खोजी तथा उद्धार र सरकारले गरिरहेको राहत एवं पुनःस्थापनाका प्रयासबारे संसद्लाई जानकारी गराउने कार्यक्रम तय भएको सभामुख डोलप्रसाद अर्यालको सचिवालयले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले पनि प्रधानमन्त्री शाहले प्रतिनिधिसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिएका छन्। बुधबारको बैठकमा प्रधानमन्त्रीको सम्बोधनपछि राजनीतिक दलका नेताहरूले दलीय आधारमा विपद्को अवस्थाबारे धारणा राख्नेछन्।
त्यसपछि सभामुख अर्यालले बाढीपछिको विपद्सम्बन्धी विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।




प्रतिक्रिया