काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा अहिले आएको विपत् मानवीय सभ्यताकै ठूलो भएको र टनेलको समस्या पनि अन्यत्र भन्दा फरक रहेको बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले टनेलहरुभित्र बाढीमात्र नभएर माटो र लेदो पसेर पूर्णरुपमा थुनिएको हुँदा उद्धार गर्न कठिन भएको बताए । यस्तो अवस्थामा तत्काल उद्धार गर्ने प्रविधि विश्वमै नभएको उनले दाबी गरे ।
‘हाम्रो टनेलमा आएको विपत् विशेष किसिमको छ । विश्वभरि पाइने एक्सपर्टहरूले पहिरो पन्छाएर उद्धार गर्ने गरेका छन् । तर यहाँ पहिरो खसेको होइन । बाढीसँगै हिलो माटोले पूर्णरुपमा टनेलहरु थुनिएका छन् । यससम्बन्धी काम गर्नलाई एकदमै ठूलो एक्सपर्टिज कुनै देशहरूसँग पनि थिएन । हामीसँग पनि छैन । तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन,’ उनले भने ।




प्रतिक्रिया