जय नेपाल पार्टीले थप्याे ११ जना केन्द्रीय सदस्य


काठमाडौँ । धबलशमशेर राणा नेतृत्वको जय नेपाल पार्टीले ११ जना केन्द्रीय सदस्यहरू थप गरेका छन् ।

बिहीबार सो पार्टीले एक विज्ञप्ति जारी गर्दै विधान बमोजिम केन्द्रीय कार्यसमितिमा ११ जना थप गरिएको जानकारी दिएको हो ।

जसमा सङ्खुवासभाका दिलनाथ गिरी, काठमाडौँका बिजेन्द्रलाल जोशी, बाँकेका ध्रुवराज वर्मा र नारायण प्रसाद शर्मा, भक्तपुरका मनोजकुमार सिलवाल लगायत रहेका छन् ।