विद्यार्थीहरूले दाउरामै खाना पकाएर गरे सरकारको विरोध


काठमाडौं । बजारमा ग्यास अभाव भएको भन्दै रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसको गेटमै विद्यार्थीहरूले दाउरामा खाना पकाएका छन्।

नेकपानिकट अखिल (क्रान्तिकारी)मा आबद्ध विद्यार्थीहरूले बिहीबार क्याम्पस गेटमा दाउराको चुलो बालेर भात, गुन्द्रुक र आलु पकाएका हुन्।

बजारमा ग्यासको अभाव भएको भन्दै विद्यार्थीहरूले सरकारको ध्यानाकर्षण गराउन यस्तो गरेको बताएका छन्।

उनीहरूले तत्काल ग्यासको सहज आपूर्ति व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। ग्यास नपाउँदा आफूहरुले चाउचाउ खाएर बस्नुपरेको गुनासो गरेका छन् ।