काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडस्थित नेपाल वायुसेवा निगम (एनएसी)को भवनलाई बहुमञ्जिला पार्किङमा परिणत गर्न संघीय सरकारसँग अनुमति मागेको छ ।
काठमाडौंमा बढ्दो पार्किङ समस्या समाधानका लागि सीमित स्थानको अधिकतम सदुपयोग गर्ने उद्देश्यले एनएसी भवनमा बहुमञ्जिला पार्किङ निर्माणको प्रस्ताव अघि बढाइएको महानगरपालिकाले जनाएको छ ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै एनएसी भवनलाई बहुमञ्जिला पार्किङका रूपमा विकास गर्न अनुमति दिन संघीय सरकारसँग विशेष अनुरोध गरिएको बताइन् ।
‘हामीले संघीय सरकारसँग विशेष अनुरोध गरेका छौँ कि न्युरोडमा रहेको एनएसी बिल्डिङलाई मल्टीस्टोरी पार्किङ बनाउन महानगरलाई इजजात दिन आग्रह गरेका छौँ । यो भएपछि कोर एरियामा रहेको पार्किङ समस्या समाधान हुनेछ । हामी विश्वास गर्छौँ, त्यो कार्य अघि बढाउन तत्पर छौँ ,’ उनले भनिन् ।




प्रतिक्रिया