कांग्रेसको १५औँ महाधिवेशन: धादिङबाट महाधिवेशन प्रतिनिधि (युवा) तर्फ रूवी भट्टराईकाे उम्मेदवारी


धादिङ । विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको संगठनात्मक यात्रामा सक्रिय रहँदै आएका सिद्धलेक गाउँपालिका–१, धादिङ निवासी रूवी भट्टराईले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि (युवा) तर्फ आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका भट्टराईले निलकण्ठ मा.वि. इकाई उपाध्यक्ष तथा निलकण्ठ उच्च माध्यमिक विद्यालय इकाई अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि उनले धादिङ निर्वाचन क्षेत्र नम्बर २ को नेपाल विद्यार्थी संघ क्षेत्रीय अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिका रूपमा चयन भएका भट्टराई बागमती प्रदेश महाधिवेशन प्रतिनिधिमा समेत निर्वाचित भएका थिए।

यसपटक भने नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिका रूपमा चयन हुँदै महाधिवेशन प्रतिनिधि युवा तर्फ आफ्नो उम्मेदवारी अघि सारेका छन्।

युवाको सक्रिय सहभागिता, संगठन सुदृढीकरण तथा पार्टीभित्र नयाँ पुस्ताको प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै आफूले उम्मेदवारी घोषणा गरेको भट्टराईले बताएका छन्।

विद्यार्थी संगठनबाट पार्टीको मूलधारको राजनीतिसम्म विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएका भट्टराईले १५औँ महाधिवेशनलाई आफ्नो राजनीतिक यात्राको अर्को महत्वपूर्ण चरणका रूपमा लिएका छन्।