काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई नियुक्त गरिएको विषयमा प्रतिक्रिया दिएका छन्।
पार्टी कार्यालय च्यासलबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूले प्रहरी नेतृत्व परिवर्तनबारे प्रश्न गरेका थिए। जवाफमा ओलीले, ‘उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला,’ भन्दै प्रतिक्रिया दिएका हुन्।
त्यस्तै, मंगलबार साँझ नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग भएको भेटवार्ताबारे सञ्चारकर्मीको जिज्ञासामा ओलीले भेट राम्रो भएको बताए। ‘राम्रो कुरा भयो, राजनीतिक कुरा भयो,’ उनले भने।
आज बसेको मन्त्रीपरिषद् बैठकले आइजिपी कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको छ भने थापा र ओलीबीच गुण्डुस्थित ओली निवासमा करिब एक घण्टा भेटवार्ता भएको थियो।




प्रतिक्रिया