१९ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग भेटवार्ता गरेका छन्।
स्रोतका अनुसार मिश्रीले बिहीबार दिउँसो काठमाडौंस्थित एक होटलमा थापासँग भेट गरेका हुन्। भेटमा भएका छलफलका विषय भने सार्वजनिक गरिएको छैन।
यसअघि मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गरेका थिए।




प्रतिक्रिया