काठमाडौं, १ मंसिर । ललितपुरबाट ठूलो परिमाणमा नगदसहित तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई १ करोड ६७ लाख ३३ हजार २२० रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भोजपुर नगरपालिका–३ का ३० वर्षीय दीपक खड्का, गोदावरी नगरपालिका–१० का ३२ वर्षीय जयराम केसी र काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वरका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार बा.प्र. १–०२७ च २७६५ नम्बरको भ्यानबाट उक्त रकम बरामद गरिएको हो ।
उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया