काठमाडौं, १७ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा स्वतन्त्र न्याय प्रणाली नरहेको टिप्पणी गरेका छन् । आज (शनिबार) पोखरामा जारी लिट्रेचर फेस्टिभलमा ‘संविधान संशोधनको औचित्य’ सेसनमा संवाद गर्दै उनले संविधानको कारण स्वतन्त्र न्याय प्रणाली बन्न नसकेको बताएका हुन् । उनले अहिले न्यायाधीशको नियुक्ति भागबण्डाको आधारमा नियुक्ति हुने गरेको बताए । अहिले नातागोता, दलको कार्यकर्ता र पैसाको आधारमा न्यायाधीश नियुक्ति हुने गरेको उनले बताए ।
‘नेपालमा स्वतन्त्र न्याय प्रणाली छैन । न्यायाधीशको नियुक्ति भागबण्डाको आधारमा हुन्छ । पहिला नातागोता अनि पैसा दान कसले गर्छ ? तिनका आधारमा कार्यकर्ता, मैसँग सांसद भएको मान्छे सर्वोच्चको न्यायाधिश छ । राजनीतिमा लागेका, नजिकका मान्छे, पैसा दिने, भागबण्डामा बनेको न्यायलय कहिले स्वतन्त्र र निश्पक्ष हुनसक्छ ?’ प्रश्न गर्दै उनले भने ।
साथै, देश संघात्मक भइसक्दा पनि न्यायलय एकात्मक नै रहेको उनले बताए । संवैधानिक आयोगहरुलाई पनि संविधानले गुमराहमा राखेको उनले आरोप छ ।




प्रतिक्रिया