अर्थ समितिको बैठक बस्दै


काठमाडौं, फागुन २३ । आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दैछ । बैठक बिहान १० बजेदेखि अर्थ समितिको बैठक कक्षमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।

बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।