काठमाडौं, ११ बैशाख । नेकपा (एमाले) ले लोकतन्त्र दिवसको अवसरमा आज युथ सेलिब्रेशन कार्यक्रम आयोजना गरेको छ । अहिले भृकुटीमण्डपमा नेता तथा कार्यकर्ता भेला भएका छन् । एमालेले आजको कार्यक्रममा ४० वर्षमुखिका एक लाख युवा उतार्ने घोषणा गरेको छ । आजको कार्यक्रममा युवा नेताहरुले पनि सम्बोधन गर्ने भनिएको छ ।
यस्तै, यस समारोहमा विभिन्न कलाकार तथा सांगीतिक ब्यान्डहरूलाई समेत मञ्चमा प्रस्तुती रहने भनिएको छ । र, आयोजकको ब्यानरमा कलाकारहरुको तस्विरसहित प्रचार गरिएको छ । सांगीतिक प्रस्तुतिमा शान्ता रानी परियार, एलिना चौहानलगायतले आफ्नो प्रस्तुति दिनेछन् । शान्ता रानी परियारको गीत ‘म त ढलें, ढलें’ एकदमै लोकप्रिय छ । यसअघि सरकार ढल्न लाग्यो भन्नेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मै यही गीतको अंश सुनाउँदै गीत नगाउन भनेका थिए ।




प्रतिक्रिया