काठमाडौं, १२ बैशाख । प्राइम टिभीकी निर्देशक तथा नायिका एलिजा गौतम सम्मानित भएकी छिन् । जय महाँकाल युवा समूहले आज एक कार्यक्रमबीच गौतमलाई सम्मान गरेको हो । चौथो ह्विल चियर बास्केटबल प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै निर्देशक गौतमलाई सम्मान गरिएको हो ।
सम्मानपत्रमा भनिएको छ,‘जागृत युवा–समृद्ध राष्ट्र, हाम्रो संकल्प–हाम्रो दायित्व नाराका साथ आयोजित महाभूकम्प २०७२ शोक तथा श्रद्धाञ्जली सभा कार्यक्रम तथा भूकम्पपश्चात् अपाङ् जिवनयापन गरिरहेकाहरुलाई प्राथमिकतामा राखी सम्पूर्ण अपाङ सशक्तिकरण, राष्ट्रिय अखण्ड, सामाजिक सद्भाव, राष्ट्रभक्ति, राष्ट्रिय सम्मृद्धि, प्रेम र दिगो शान्तिको आवाज अभिवृद्धि गर्न जय महाँकाल युवा समूहले आयोजना गरेको चौथो जय महाँकाल ह्विल चियर बास्केटबल प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुभएकोमा प्राइम टेलिभिजनका निर्देशक श्री एलिजा गौतमज्यूलाई हार्दिक धन्यवाद दिँदै निरन्तर योगदानको अपेक्षासहित यो सम्मान पत्र प्रदान गरिएको छ ।’
सम्मानित भएपछि गौतमले सामाजिक कार्य र सेवामा आफू निरन्तर सक्रिय हुने विश्वास दिलाएकी छिन् । उनले भनेकी छिन्–‘प्राइम टेलिभिजनको निर्देशकको रुपमा मैले समाजका विभिन्न पक्षहरुसँग जोडिने अवसर पाएको छु । यो महत्वपूर्ण कार्यमा मलाई सहभागी गराउनुभएकोमा जय महाँकाल युवा समूहलाई विशेष धन्यवाद । तपाईंहरुको हौसला र विश्वासले मलाई अगाडि बढ्न थप उर्जा मिलेको छ ।’







प्रतिक्रिया