काठमाडौं, वैशाख २२ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा अहिले बिहान ११ बजे बोलाइएको आजको बैठकबाट केपी ओली नेतृत्वको सरकारले गत बैशाख १९ प्रस्तुत गरेको आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि छलफल सुरू हुने छ ।
जसका लागि प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन भने आजैवाट सो नीति तथा कार्यक्रममाथि सांसदहरूले प्रस्तुत गरेको संसोधन र नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।





प्रतिक्रिया