काठमाडौं, ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टीले मनसुनको समयमा आउन सक्ने सम्भावित विपद्का घटनाहरूको न्यूनीकरण, घटनापछिको द्रुत उद्धार, प्रभावकारी राहत वितरण र अन्य मानवीय सहयोगका कार्यहरूमा सक्रियतापूर्वक जुट्न पार्टीका सम्पूर्ण तहका समिति, विभाग, सदस्य तथा शुभेच्छुकहरूलाई विशेष आह्वान गरेको छ । कार्यवाहक सभापति डिपी अर्यालले आज एक विज्ञप्ती जारी गर्दै विपद्को सामना गर्न र आवश्यक सचेतना अपनाउन भनेका छन् ।
पीडित तथा प्रभावितहरूलाई सुरक्षित स्थानमा सार्न र अस्थायी आश्रयस्थलको व्यवस्थापनमा सहयोग गर्न, संकलन भएका राहत सामग्रीहरू खाद्यान्न, लत्ताकपडा, औषधि, स्वच्छ पानीको निष्पक्ष र पारदर्शी ढंगले वास्तविक पीडितसम्म पुर्याउने व्यवस्था मिलाउनपनि भनिएको छ । अर्यालले सम्भावित विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहनसमेत अपिल गरेका छन् ।





प्रतिक्रिया