काठमाडौं, २ साउन । रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनको अध्यक्ष ऋषि धमलाले सुर्खेतको राउटे वस्तीमा खाद्यन्न सहयोग गरेका छन् । अघिल्लो पटक राउटे बस्तीमा जाँदा गरेको प्रतिवद्धताअनुसार धमलाले खाद्यन्न वितरण गरेका हुन् ।
‘हामीले घोषणा गरेका थियौं– राउटे वस्तीमा आएर हामीले चामल, नुन, तेल र खसी वितरण गरेका छौं । मैले केही समय पहिला आएर घोषणा गरेको थिएँ,’– उनले भने ।
धमलाले ८० बोरा चामल, एउटा खसी, नुन ८० प्याकेट, तेल ८० प्याकेट राउटे बस्तीमा वितरण गरेका हुन् । साथै, उनले राउटेका छोराछोरी पढाउनका लागि पहल गरिने बताए ।
‘हामी राउटे वस्तीमा फेरि पनि आउने छौं । राउटेका छोराछोरीलाई पढाउन पहल गर्नेछौं । राउटे वस्तीलाई हामी शिक्षित बनाउन चाहन्छौं । रुपान्तरण गर्न चाहन्छौं,’– उनले भने ।
साथै, लोपन्मुख राउटे समुदायको संरक्षण गर्नु सबैको जिम्मेवारी रहेको उनले बताए ।




प्रतिक्रिया