काठमाडौं, ४ साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँले पार्टीका नेता डा.शेखर कोइरालाले वर्तमान सरकार ढाल्न चाहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कोइरालाको मुभमेन्ट नै सरकार ढाल्ने रहेको बताएका हुन् ।
‘केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न चाहनुहुन्छ शेखर कोइराला ?’ भन्ने प्रश्नमा उनले भने, ‘चाहनुहुन्छ, उहाँले सके चाहनुहुन्छ । उहाँको मुभमेन्ट त्यही त हो नि । यो सरकार रहन हुँदैन, यो सरकारले काम गरेन भन्ने नै छ नि । उहाँ त स्पष्ट हुनुहुन्छ नि । मलाई सोध्नुभन्दा पनि व्यापक भइसकेको छ नि त्यो त ।’




प्रतिक्रिया