हामी राजसंस्था फर्काउन लाग्दैनौं, गगन थापालाई नभेटेको १६ महिना भयो : शिशिर खनाल (भिडिओ)


काठमाडौं, १९ साउन । रास्वपाका सांसद शिशिर खनालले आफ्नो दल राजसंस्था फर्कान नलाग्ने स्पष्ट पारेका छन् । उनले आफ्नो दल राजसंस्था फर्काउन नलाग्ने कुरा स्पष्ट पारिसकेको बताए । उनले संघीयता कार्यान्वयनको सवालमा अहिलेको प्रादेशिक संरचना पूर्ण रुपमा खारेजीको पक्षमा आफ्नो दल रहेको बताए ।

आज (सोमबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आफ्नो दल संघीयताको पूनःसंरचनाको पक्षमा रहेको खुलाए । उनले आफूले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग नभेटेको १६ महिना भैसकेको पनि बताए ।

तर, आफ्नो दल लोकतान्त्रिक प्रणालीमा विश्वास भएकोले राजनीतिक दलका नेताहरुसँग हुने सम्वाद स्वभाविक भएको उनको तर्क छ । उनले रास्वपा भने अहिले कुनै विवाद नभएको स्पष्ट पारे । उनले आफूहरु सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोधको विरुद्धमा रास्वपाले चलाएको अभियानमा आफूहरु पनि साथमै रहेको बताए । उनले रास्वपा सिंगो पार्टी अहिले एक ढिक्का भएको र बलियो संगठन निर्माणको काममा लागिपरेको जिकिर गरे ।