कांग्रेसले चाह्यो भने उपसभामुख परिवर्तन हुनसक्छः मन्त्री गुरुङ


काठमाडौं, ६ भदौ । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेसले मागेको खण्डमा उपसभामुख परिवर्तन हुनसक्ने बताएका छन् । आज (शुक्रबार) प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सभामुख, उपसभामुख पद परिवर्तन हुनु स्वभाविक भएको बताए ।

उनले अहिले नेकपा (एमाले) बाट सभामुख रहेको बताउँदै अब उपसभामुख परिवर्तन भए कांग्रेसले पाउने बताए । ‘अहिले कांग्रेस र एमालेको गठबन्धनको सरकार छ । गठबन्धनमा सहमति भयो भने उपसभामुख चेन्ज हुन सक्छ,’– उनले भने ।

मन्त्री गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपसभामुख बनेकी इन्द्रिरा रानालाई सरकारले हटाउन लाग्यो भनेर गलत हल्ला फैलाइएको बताए ।