काठमाडौं, १२ भदौ । भोलि (शुक्रबार) बस्ने प्रतिनिधिसभा बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पारित गरिने भएको छ । आज (बिहीबार) बसेको सभामुख देवराज घिमिरेसहित प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठकले सम्भावित कार्यसूची तय गरेको हो । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले भूमि विधेयकसहित शिक्षा विधेयक पनि पारित गरिने बताए ।
निजामती विधेयक राष्ट्रियसभाबाट आएको खण्डमा भदौ १९ गते पारित गर्ने तयारी रहेको र २६ गते विद्यालय शिक्षा विधेयकलाई पारित गर्ने सम्भावित क्यालेन्डर तय भएको उनको भनाइ छ ।
‘१८ गते सन्देश टेबल गर्छौं । १९ गते निजामती विधेयक पनि पारित गर्छौं । त्यसपछि २५, २६ र २७ हाम्रो बैठक हुन्छ । यो ३ दिनको बैठकमा अरु व्यवस्थापनसँग सम्बन्धित कामहरु गर्छौं र विशेषगरी शिक्षा विधेयक २६ गते पारित गर्नेगरी लैजान्छौं,’– बर्तौलाले भने । File Photo/RN




प्रतिक्रिया