काठमाडौं, १३ भदौ । सरकारले भूमिसम्बन्धी नियमावलीको ८औं संशोधन गर्दै घरजग्गा कारोबारका लागि इजाजतपत्र दिने प्रक्रिया खुला गरेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अधिकारीसमक्ष तोकिएको ढाँचामा निवेदन दिएर घरजग्गा कारोबारका लागि इजाजत पत्र प्राप्त गर्न सकिने बताइएको छ ।
एक पटकमा ५ करोडभन्दा कम कारोबार गर्नेको संस्थाको हकमा ५ लाख रुपैयाँ र सोभन्दा धेरै कारोबार गर्नेको हकमा १० लाख रुपैयाँ शुल्क तोकिएको छ । नवीकरणका लागि ५ करोडसम्म् कारोबार गर्ने कम्पनीको हकमा ४ लाख रुपैयाँ र सोभन्दा धेरै कारोबार गर्नेको हकमा ८ लाख रुपैयाँ शुल्क निर्धारण गरिएको छ । File Photo/RN




प्रतिक्रिया