काठमाडौैं, १३ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले अहिले पार्टीको निम्ति समस्या नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् । आज (शुक्रबार) एकीकृत समाजवादीको काठमाडौं क्षेत्र नम्बर ७ निर्वाचन क्षेत्रीय कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको परिस्थितिमा पार्टीसामु सबैभन्दा ठूलो समस्या ओली भएको बताएका हुन् ।
‘हाम्रो पार्टीको सामु सबैभन्दा समस्या को भएको छ ? साँच्चै समस्या को छ ? एमालेको नेतृत्व भएको छ, केपी ओली । यथार्थ त्यही हो । एउटा कम्युनिष्ट पार्टीको निम्ति समस्या कथित कम्युनिष्ट पार्टीको नेता आफैं भएको छ,’– उनले भने ।
ओलीले अहिले कसरी कांग्रेसलाई शत्रु बनाइदिने, कसरी माओवादीसँग दोस्ती तोड्दिने र एकीकृत समाजवादीलाई ठिङ्गो एक्लै उभ्याइदिने खेल खेलिरहेको उनले बताए । ओलीभित्र एकीकृत समाजवादीलाई कमजोर र खतम बनाउने सोच रहेको बताउँदै उनले यस्ता सोचलाई स्वीकार गर्न नसकिने प्रष्ट पारे ।




प्रतिक्रिया