काठमाडौं, ६ पुष । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले तोकिएकै मितिमा चुनाव गराउनेमा आफू विश्वस्त रहेको बताएकी छिन् । हिजो (शनिबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले सुशीला सरकारले नै चुनाव गराउनसक्ने बताएकी हुन् ।
उनले भनिन्,‘पटक पटक चुनाव गराउन सरकार बदल्नुभन्दा सुशीला कार्कीको सरकारबाट नै चुनाव गराउँदा राम्रो हुन्छ, कांग्रेस र एमालेजस्ता पार्टीले पनि सर्वदलीय बैठक बोलाएर चुनावको वातावरण बनाउनुपर्छ ।’ उनले वर्तमान सरकारलाई नै सर्वपक्षीय र सर्वदलीय बनाउन सकिने भन्दै मन्त्रिपरिषद् विस्तारमार्फत त्यो काम गर्न सकिने सुझाव दिईन् ।
सुशीला सरकारमा नै दलहरुको पनि चित्तबुझ्दो प्रतिनिधित्व गराएर जानुपर्ने उनको सुझाव छ । उनले वर्तमान सरकार त इमर्जेन्सी लाईटजस्तो भएकोले अब यो सरकारलाई पनि परिवर्तन गर्नतर्फ लागे संविधान नै ठूलो समस्या आउनेतर्फ सचेत गराईन् ।




प्रतिक्रिया