गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते


गाजा, १८पुस । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् ।

अर्को छुट्टै घटनामा, मध्य गाजा पट्टीको नुसिरात शरणार्थी शिविरमा अर्को आगलागी हुँदा एक जना युवतीको मृत्यु भएको जनाइएको छ ।

प्यालेस्टिनी समाचार एजेन्सीका अनुसार गाजा सहरको यर्मोक स्टेडियममा रहेको विस्थापीतहरुको शिविर भित्र पहिलो आगलागी हुदाँ एकजनाको मृत्यु भएको थियो भने अन्य पाँचजना जलेका थिए । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ ।

दोस्रो घटनामा नुसिरात शिविरमा बस्दै आएका बालक संलग्न रहेको वफा समाचार उल्लेख गर्दै एजेन्सिले विद्यमान मौसमको कारण आगलागी भएको बताइएको छ ।

प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय एजेन्सी, युएनआरडब्लुएले यस हप्ताको सुरुमा गाजामा करिब दुई लाख ३५ हजार मानिसहरू डिसेम्बर १० र १७ को बिचमा गम्भीर मौसमको अवस्थाबाट प्रभावित भएको बताएको छ । बायरन नामले चिनिने आँधीले आवाशिय भवन ढल्नुका साथै विस्थातिहरुको आश्रयहरूलाई क्षति पुगे पछि उनीहरु विस्थापीत भएको बताइएको छ ।

प्यालेस्टिनी स्रोतका अनुसार डिसेम्बरमा जाडो मौसम सुरु भए देखि, मौसम सम्बन्धी घटनामा चार बालबालिका सहित कम्तिमा १८ जना प्यालेस्टिनीको मृत्यु भएको छ । स्रोतले लगभग ९० प्रतिशत विस्थापीतहरुका शिविरहरू बाढीबाट प्रभावित भएका कारण द्वन्द्वको समयमा घरहरू ध्वस्त भएका परिवारहरूलाई असर गरेको जनाएको छ । रासस