काठमाडौं,२२ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले ओली लेखकविरुद्ध थप पाँच दिन म्याद थप गरिदिएको हो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री र गृहमन्त्रीको हैसियतमा उनीहरुको भूमिकामाथि प्रश्न उठाउँदै गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो । ओली र लेखकलाई गत चैत १४ गते प्रहरीले पक्राउ गरेको थियो ।
यता ओली र लेखकको पक्राउ गैरकानूनी रहेको दाबीसहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर भएको थियो । उक्त बन्दीप्रत्यक्षीकरण रिट आज हेर्दाहेर्दैमा राखिएको छ ।




प्रतिक्रिया