यस्तो छ मन्त्रिपरिषद् बैठकका ४ मुख्य निर्णयहरु


काठमाडौं । आज(वैशाख २५) गते बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । बैठकले राष्ट्रपति समक्ष संघीय संसद्को दुवै सदनको संयुक्त बैठक वैशाख २८ गते सोमबार अपराह्न ४ बजे सम्बोधन हुने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरेको छ।

साथै, सो अवसरमा संघीय संसदका सबै माननीय सदस्यहरूको उपस्थिति सुनिश्चित गर्न आह्वान गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। त्यसैगरी, परराष्ट्र मन्त्रालयअन्तर्गत विदेशस्थित १५ जना नेपाली अनररी कन्सल जनरल तथा कन्सललाई पदमुक्त गर्ने निर्णय गरिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दुई अन्तर्राष्ट्रिय श्रम संगठनका महासन्धिहरू अनुमोदनका लागि संघीय संसदसमक्ष पेश गर्न स्वीकृति प्रदान गरिएको छ।