धनगढी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज बिहानै कैलाली पुगेका छन् । उनी पार्टीको धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ को उद्घाटनका लागि कैलाली पुगेका हुन् ।
विशेष महाधिवेशनपछि पहिलो पटक कैलाली पुगेका सभापति थापाको स्वागतका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह गेटा विमानस्थल पुगेका थिए ।
उनीसँगै प्रदेश सरकारमा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरू पनि सभापति थापाको स्वागतका लागि विमानस्थल पुगेका थिए ।
सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसबाट तीन मन्त्री र दुई राज्यमन्त्री छन् ।
भेलामा सहभागी हुन उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरे हिजै धनगढी पुगिसकेका छन् ।




प्रतिक्रिया